राष्ट्रियसभामा दुई विधेयक स्वीकृत

काठमाडौं। बिहीबारको राष्ट्रियसभाले दुई विधेयक स्वीकृत गरेको छ।

सभाले ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको हो।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त दुई विधेयक सदनसमक्ष विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत भएको हो।

सैद्धान्तिक छलफलमा विमला राई पौडेल, प्रकाश पन्त, राधेश्याम अधिकारी, जितेन्द्र नारायणदेव, खगेन्द्रप्रसाद पुरी, रामनारायण विडारी, प्रमिलाकुमारी सुवेदी र वृषेशचन्द्र लाललगायतले भाग लिएका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी