रवि लामिछानेको समर्थनमा सुर्खेतमा प्रदर्शन

Prabhu Bank

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता तथा पत्रकार रवि लामिछानेको समर्थनमा कर्णाली प्रदेशमा पनि शान्तिपूर्ण प्रदर्शन भएको छ।

Saftey Pads

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्वतःस्फुर्त जम्मा भएका युवाहरुले पत्रकार रवि लामिछानेको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेको हुन्।

मंगलगढीबाट सुरु भएको प्रदर्शन वीरेन्द्रनगर बजार परिक्रमा गर्दै पिपल चौतारामा गएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई लामिछानेका अनुयायी पदम खनाल लगायतले सम्बोधन गरेका थिए।

उनीहरुले प्रदर्शनका क्रममा ‘रवि लामिछाने जिन्दावाद!’, ‘निर्दोषलाई फसाउन पाइँदैन!’, दोषीलाई उन्मुक्ति दिनु हुँदैन!’लगायतका नारा लगाएका थिए।

रविको समर्थनमा जम्मा भएका समर्थकहरुले यस्तै फसाउने शृखंला चलिरहे संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।

अन्य सम्बन्धित समाचार:  धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा
Maruti Cement