पुडासैनी मृत्यु प्रकरणसँग जोडेर भएको अनावश्यक टिप्पणीबारे भरतपुर महानगरको ध्यानाकर्षण

काठमाडौं। भरतपुर महानगरपालिकाले गत २० साउनमा कङ्गारु होटलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीका मृत्युका समबन्धमा सम्बन्धीत निकायबाट भइरहेको अनुसन्धानका विषयलाई लिएर देखिएका असहज परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै महानगरले अनुसन्धानको विषयलाई लिएर उत्पन्न विभिन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘अस्वभाविक मृत्युको कारणका लागि निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व हो। कुनै पनि मुद्दामा अनुसन्धान गर्ने काम प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिल कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्बन्धमा निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषी नछुटुन् र निर्दोषी नपरुन्’ भन्ने मान्यताका आधारमा शिघ्र न्यायीक निरुपणका महानगरपालिका सम्बन्धीत निकायसँग आग्रह गर्दछ’ महानगर प्रमुख रेणु दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसैगरी घटनासँग कुनै पनि सम्बन्ध नभएका महानगर प्रमुुख तथा राज्यका उच्च पदस्थ व्यक्तिहरु तथा संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि महानगरले आग्रह गरेको छ।

विज्ञप्ति:

तपाईंको प्रतिक्रिया/टिप्पणी