कम्युनिष्ट सिध्याउने कांग्रेस सभापति देउवाको चेतावनी

Prabhu Bank

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्युनिष्ट सिध्याउने चेतावनी दिएका छन्।

Saftey Pads

कांग्रेसको कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन्।

सभापति देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारका कारण मुलुक खतराको मोडमा गएकाले कम्युनिष्टलाई परास्त गर्नैपर्ने बताएका हुन्। ‘राणा शासण कांग्रेसले फाल्यो। पञ्चायती व्यवस्था फाल्यो। राजा फाल्यो। अब कम्युनिष्ट फाल्नुपर्छ’, उनले भने।

सभापति देउवाले वर्तमान सरकारले राज्यका सबै अंग आफ्नो हातमा लिएर कम्युनिष्ट ‘स्टेट’ बनाउन खोजेको उनले आरोप लगाए।

सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको भन्दै उनले यही मौकामा कांग्रेसले मुलुकको नेतृत्व गर्ने र कम्युनिष्ट सिध्याउने गरी चनाखो हुनुपर्ने बताए।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

देउवाले सरकारलाई संसदमा विभिन्न विवादास्पद विधेयक पेश गरेर मानव अधिकार कुण्ठित गर्दै सर्वसत्तावाद लाद्न खोजेको गम्भीर आरोप लगाए।

Maruti Cement