ओली सिंगापुर गएपछि माधव नेपाल र प्रचण्डबीच छलफल

Prabhu Bank

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य माधवकुमार नेपालबीच पार्टीभित्र देखिएको तनावलाई सहजीकरण गर्ने विषयमा छलफल भएको छ।

Saftey Pads

प्रचण्ड निवास खुमलटारमा करिब दुई घण्टा भएको छलफलमा दुवै नेताहरुबीच पार्टीको कामबारे बहस भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

बिहीबारको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली र नेपालबीच चर्काचर्की भएको थियो। त्यसलगत्तै शुक्रबार प्रचण्ड र नेपालबीच पार्टीमा देखिएको तनावलाई सहजीकरण गर्न छलफल भएको हो।

नेपालसँगका भेट लगत्तै प्रगतिशील इन्जिनियरिङहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र अनुशासन कमजोर हुँदै गएको बताएका थिए।

उनले पार्टीका नेताहरु जे मन लाग्यो त्यहीँ बोल्न थालेको र अनुशासन कम भएको भन्दै अध्यक्ष ओली र नेता नेपालबीचको भनाभनप्रति संकेत गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सुनसरीमा बालिका हत्या गर्ने पक्राउ

अध्यक्ष प्रचण्ड र नेपालबीच के–के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी गराइएको छैन।

Maruti Cement