रविलाई भेटेर प्रहरी प्रमुख खनालले भने ‘असुरक्षित महसुस भए मलाई भन्नुस्’

Prabhu Bank

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएर हाल चितवन प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता/पत्रकार रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सवेन्द्र खनालले भेटेका छन्।

Saftey Pads

प्रहरी हिरासत अनुगमनका क्रममा चितवन पुगेका महानिरीक्षक खनालले शुक्रबार पत्रकार रविलाई भेटेका हुन्।

उनले रविलाई भेटेर असुरक्षित महसुस नगर्न आग्रह गरेका छन्। साथै असुरक्षित महसुस भएमा आफूलाई खबर गर्नसमेत सुझाएका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले बताए।

साथै उनले प्रहरीहरुलाई अनुसन्धानमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement