विप्लव समूहका ७१ वर्षीय नेता पक्राउ

Prabhu Bank

काठमाडौं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वका ७१ वर्षीय नेता पक्राउ परेका छन्।

Saftey Pads

विप्लव नेतृत्वको नेकपाका पश्चिम नवलपरासीका ७१ वर्षीय नेता प्रेम ढकाल (पृथ्वी) बिहीबार पक्राउ परेका हुन्।

उनलाई नवलपरासी प्रहरीले उनकै घर सुनवल नगरपालिका–१३ बडेराबाट नियन्त्रणमा लिएको हो। ७१ वर्षीय ढकाललाई प्रहरीले आगो लगाएको मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।

उनी विप्लव समूहका जिल्ला सदस्यसमेत हुन्। विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी तनहुँ, लमजुङ र रूपन्देहीका विभिन्न स्थानमा लुकेर संगठनका लागि काम गर्दै आएका थिए।

घर परिवारसँग भेट गर्न पुगेको बखत पक्राउ परेका ढकाललाई सार्वजनिक यातायातमा आगो लगाएको अभियोगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ओसाकाले फ्रेन्च ओपन नखेल्ने
Maruti Cement