खै के हो तीज?

Prabhu Bank

धर्मको आड लिएर
पापको पगरी भिर्ने दुनियाँमा,
समानताको सपना देखाई
अर्कालाई उपभोग गर्ने
सामन्तीहरुको भीडमा
समान छौ भन्दै
गर्व गर्ने नारीहरु माथि
धर्मले गरेको ब्यङ्ग हो कि?
खै के हो तीज?

Saftey Pads

भड्किला रंगका पहिरन
अनि गरगहनाको प्रतिस्पर्धामा
डटेर जुट्ने नारीहरुको
रुप र रंगको होडबाजी हो कि?
आधुनिक दुनियाँका
अत्याधुनिक नारीहरुको
बिना उपबास, चौरासी व्यंजन,
नाचगान अनि सजिसजाउको पर्व हो?
खै के हो तीज?

शहरका मन्दिरमा नारीहरुको भीड
लाग्छ, बिना आस्था रङ्गिएका
गाउँका मन्दिरमा निराहार नारीहरु
लाग्छ, परम्पराले दिएको त्रासमा तड्पिएका
अन्धबिश्वाशमा जाकेर
दासत्वलाई जीवित गर्ने
नारीहरु माथिको अत्याचार हो कि?
या नारीले नै नारीलाई दिएको सजाँय हो?
खै के हो तीज?

समानताका आवाज बनि उठेका
नारीका आवाजहरु,
नारीकै मनका भ्रान्तिको संज्ञा हो कि?
या त आफूलाई न्याँय अन्याँयको
तराजुमा जोख्दा जोख्दै
आफैले उठाएका आवाजहरु भुलेर
अन्धबिश्वाश र बिश्वाशको संघारमा
पर्वको अर्थ खोज्दै रङ्गिएका
आजको नारीहरुलाई एउटा चुनौती हो?
खै के हो तीज ?

Maruti Cement