सपना  

Prabhu Bank

सगरमाथा ठडिएको मेरो देश
हिमाल, पहाड, तराई अनि
चारजात छत्तीस वर्णको फूलबारी
तर गिद्घे दृष्टि छन् वरिपरि
त्यसैले वाध्य भएको छु
निन्द्रामै ब्युँझिएर फेरि
सपना बुन्न घरिघरि।

Saftey Pads

नदी, नाला,जडिबुटी हरियाली चारैतिर
बुद्धको तपोभूमिमा पिपाशुहरू
हिड्दैछन् बोकेर विषका प्याला
गरी खाने देश बन्छ कहिले भन्दै
आफ्नो पसिना आफ्नो माटोमा बगाउन
म अनवरत लागिपरेको छु
त्यसैले बाध्य भएको छु
निन्द्रा मै ब्युँझिएर फेरि
सपना बुन्न घरिघरि।

उर्बर माटो यहाँ पल्टिरहेछ बाँझो
पौरखी हातहरू बनिरहेछन् विदेशीको खाँचो
के छैन यहाँ प्राकृतिक खजाना भकारी भकारी
जे गर्नु छ, आफ्नै बल र बुद्धिले सहर्ष स्वीकारी
त्यसैले बाध्य भएको छु
निन्द्रा मै ब्युँझिएर फेरि
सपना बुन्न घरिघरि।

यी धर्ती हाम्री आमा हुन्
चन्द्र, सूर्य झण्डा आमाको आँचल
कोही पनि देशद्रोही नबनून्
भ्रातृत्वको भावना जागोस्
सँधै बाँचुन्जेल म नमरुन्जेल
त्यसैले बाध्य भएको छु
निन्द्रामै ब्युँझिएर फेरि
सपना बुन्न घरिघरि।

Maruti Cement