गजल : न्यायको समर्थनमा जुटौँ 

Prabhu Bank

यहाँ  रविका कुरा खुबै चले ।
बडा छविका कुरा खुबै चले ।

Saftey Pads

को होला खास हत्यारो खै ?
पल्लवीका कुरा खुबै  चले ।

बेइमान भएर हो न्यायालय
मुलतबीका कुरा खुबै चले ।

फुटेछन् देख्नेका आँखाहरू
अजनबीका कुरा खुबै चले ।

कान माग्दै काग उडाउँछन्
सब कविका कुरा खुबै चले ।

नेताकै पास छ कि पो गाँठो
लौ नायबीका कुरा खुबै चले ।

बुद्दभूमि कपिलवस्तु
हालः दाङ घोराही

अन्य सम्बन्धित समाचार:  इन्क्लाब जिन्दाबाद!!
Maruti Cement