भारतीय पूर्वअर्थमन्त्री जेटलीको निधन

Prabhu Bank

काठमाडौं। भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।

Saftey Pads

शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए। उनी श्वास–प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेता मानिन्थे। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए।

तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए।

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?
Maruti Cement