यो संघीयताको प्रतिफल आउने बेला होइनः संयोजक मिश्र

Prabhu Bank

काठमाडौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको प्रतिफल आउने बेला भइ नसकेको बताएका छन्।

Saftey Pads

शनिबार दाङको तुलसीपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक मिश्रले वि.स.२०७२ सालमा जारी भएको संविधानमा यस्तो व्यवस्था भएको र यति छिट्टै प्रतिफलको अपेक्षा गर्न नसकिने बताएका हुन्।

‘मुलुकमा संघीयता लागू भएको भर्खर चार वर्ष हुँदैछ। संघीयताको प्रतिफल आउन बेला होइन यो। यति छोटो समयमा ठूलो प्रतिफल आश गर्न मिल्दैन।’ उनले भने।

संविधानले निर्दिश्ट गरेको बाटोले देशले फड्को मार्ने भएकाले संविधानले देखाएको बाटोमा लाग्नसमेत उनले आग्रह गरेका छन्।

मिश्रले नेत्र विक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनुपर्नेसमेत बताए। अहिले चन्द समूहले संविधान उल्लङ्घन गर्ने गरी गतिविधि अगाडि बढाइरहेकाले यसरी मुलुक रुपान्तरण हुन नसक्ने समेत संयोजक मिश्रको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी

साथै, मिश्रले आफ्नो पार्टीले उपनिर्वाचनमा सहभागिता जनाउने पनि बताए।

Maruti Cement