पोखरेलले लिए स्कुल विभाग प्रमुखको जिम्मेवारी

Prabhu Bank

काठमाडौं। उपप्रधान एवं नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्।

Saftey Pads

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष एक कार्यक्रमबीच पोखरेलले स्कुल विभाग प्रमुखको जिम्मा लिएका हुन्।

तत्कालीन माओवादी केन्द्रका स्कुल विभाग प्रमुख देवेन्द्र पौडेल र एमालेका स्कुल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए।

परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए।

स्कुल विभागको जिम्मेवारी लिन धेरैले दावी गरिरहँदा उपप्राधनमन्त्री पोखरेलले जिम्मेवारी पाएका हुन्।

अन्य सम्बन्धित समाचार:  नेकपा सचिवालय बैठक मंगलबार बालुवाटारमा

उनी एकताअघि तत्कालीन नेकपा एमालेका महासचिव थिए।

Maruti Cement