‘विभागले विचार, संगठन र नेतृत्वलाई विशेष ध्यान दिन्छ’

Prabhu Bank

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्कूल विभाग प्रमुख एवं कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको संस्थागत निर्णयलाई आधार मान्दै विभागको काम अघि बढाउने बताएका छन्।

Saftey Pads

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच स्कूल विभागको जिम्मेवारी लिँदै उनले दुई पार्टी एक भइसकेको अवस्थामा पार्टीको विचार महत्वपूर्ण हुने भएकाले विभागले वृहत् छलफल चलाउने बताए।

उनले विचार, संगठन र नेतृत्वका विषयमा विभागले विशेष ध्यान दिने स्पष्ट पारे। नेता पोखरेलले पार्टीभित्र देखिएको दुईओटा ‘स्कुलिङ’लाई पनि समाहित गराएर अघि बढ्ने उल्लेख गरे।

पार्टी एकीकरणपछि हालै स्कुल विभागको नेतृत्व पोखरेलले पाएका हुन्।

अन्य सम्बन्धित समाचार:  पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘बयलगाडेहरुको हातमा संविधान सुरक्षित छैन’
Maruti Cement