साझा पार्टी दाङको संयोजकमा अधिकारकर्मी केसी

Prabhu Bank

काठमाडौं। साझा पार्टी दाङको संयोजकमा मधुसुधन केसी चयन भएका छन्।

Saftey Pads

साझा पार्टीको तुलसीपुरमा शनिबार भएको विशेष भेलाले केसीलाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको हो।

विगत लामो सयमदेखि शिक्षण पेशामा कृयाशिल केसी अधिकारकर्मी समेत हुन।

त्यसैगरी दाङका पालिका स्तरमा पनि संयोजक चयन गरिएको छ।

जसअन्तर्गत तुलसीपुरमा केपी न्यौपाने, शान्तीनगरमा रूद्रमणाी लामीछाने, दंगीशरणामा बालुराम चौधरी, बबइ गाउँपालिकामा प्रदीप ओली, घोराहीमा खगेश्वर पौडेल, राजपुरमा धर्मराज डाँगी र लमहीमा बाबुराम कुमाल संयोजकमा पदमा चयन भएका छन्।

पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय नेताहरुको उपस्थितिमा आयोजित समारोहमा केसीलाई साझा पार्टी प्रदेश नम्बर ५ का संयोजक अनुपमान सैंजुले माटोको टिका लगाएर जिम्मेवारीमा बहाल गराएका थिए ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement