धुर्मुसले भने, ‘रवि दाई तपाईँ निर्दोष सावित हुनुहुने छ’

Prabhu Bank

काठमाडौं। हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले पत्रकार रवि लामिछाने निर्दोष सावित हुने बताएका छन्।

Saftey Pads

रविको हिरासत बसाइको दोस्रो पटक थपिएको म्याद सकिने पूर्वसंध्यामा आफ्नो आधिकारिक फेसबुकमा स्टाटस पोष्ट गर्दै धुर्मुसले यस्तो बताएका हुन्।

पोष्टमा उनले एउटा अभियन्तालाई चोट लाग्दा अर्को अभियन्तालाई पनि दुख्ने भन्दै अत्यन्तै दुःख लागेको पनि बताएका छन्।

‘रवि दाई, मलाई विश्वास छ तपाईं निर्दोष साबित हुनुहुनेछ। तपाईं हिरासतमा परे लगत्तै पहिलो भेट शायद हामी दाई भाईकै भएको थियो चितवनमा। यो बिचको समय तपाईंका लागी अत्यन्तै कठिन रह्यो, म महसुस गर्न सक्छु। एउटा अभियन्तालाई परेको चोटमा अर्को अभियन्ता दुखी नहुने कुरै थिएन।’ उनको पोष्टमा लेखिएको छ।

अन्य सम्बन्धित समाचार:  पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

साथै उनले प्रशासन तथा न्यायलयप्रति उच्च सम्मान व्यक्त गदै आइतबार रवि हिरासतबाट छुट्नेप्रति विश्वस्त भएको पनि बताएका छन्।

पत्रकार रवि लामिछाने टिभि जोर्नलिस्ट शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएर अहिले चितवनस्थित प्रहरी हिरासतमा विगत ९ दिनदेखि बसिरहेका छन्।

Maruti Cement