शालिकराम मृत्यु प्रकरणः रवी सहित ३ जनालाई अदालत लगिँदै, आज छुट्लान् त?

Prabhu Bank

काठमाण्डौ । पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लैजाने भएको छ।

Saftey Pads

रविसहित कंडेल र कार्किलाई आज अन्तिम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरीरहेको हो।

चितवन जिल्ला अदालतले दोस्रो पटक म्याद थप गरेको ५ दिनको समय अवधि भित्रै प्रहरीले सवै अनुसन्धान सकाएको छ।

प्रहरीले मिसिल बुझाएपछि सरकारी वकीलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ। त्यसपछि आजै धुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए।

धुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन्। देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ। जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: जंगली बँदेलको मासु सहित २ जना पक्राउ

प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् भने आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ।

Maruti Cement