प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता

Prabhu Bank

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

Saftey Pads

प्रचण्ड आइतवार बिहान राष्ट्रपति निवास शीतल निवासमा पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन्।

भेटमा समसामयिक राजनीतिक परिस्थितिक बारेमा छलफल भएको राष्ट्रपति निवास स्रोतले जनाएको छ।

प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार हस्ताक्षर गरेर उपचारका लागि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर रहेका छन्।

प्रचण्डले शुक्रवार आफ्नो निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए। पार्टीको कार्यकारी अधिकार पाएलगत्तै प्रचण्ड सक्रिय बनेका हुन ।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज
Maruti Cement