एनआरएनएका अध्यक्ष भट्टलाई विमानबाट निकालियो

Prabhu Bank

काठमाडौं । अत्याधिक मादक पदार्थ सेवन गरेर विमानस्थल पुगेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।

Saftey Pads

प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थित बारे जानकारी लिन शनिवार सिल्क एयरवेज मार्फत सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले विमानस्थलबाटै फर्काइएको हो।

उनले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण विमानस्थलबाटै फर्काइएको उनीसँगै यात्रामा रहेका सनत न्यौपानेले जानकारी दिए।

आवश्यक सम्पुर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भट्टलाई क्याप्टेनले अचानक आएर भट्टलाई लिएर विमान उडान गर्न नसक्ने वताएको विमानस्थल स्रोतले जनाएको छ।

भट्टले प्रधानमन्त्रीसँगको भेटघाटतय भएको कारणले मादक पदार्थ सेवन नगरेको न्यौपानेले दावी गरे।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया
Maruti Cement