बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

Prabhu Bank

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु भएको छ।

Saftey Pads

बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार घटनास्थलमै मृत्यु भएको हो।

बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ।

अन्य सम्बन्धित समाचार:  मकवानपुर: इनारमा पसेका दुई जनाको शव फेला, एक जनाको उपचार हुँदै
Maruti Cement