विकास र समृद्धिको एजेन्डामा प्रतिस्पर्धा हुन आवश्यक छः पर्यटनमन्त्री

Prabhu Bank

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दलहरूबीच विकास र समृद्धिको एजेन्डामा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएका छन्।

Saftey Pads

जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्ला सभा उद्घाटन कार्यक्रममा शनिबार फिदिममा सम्बोधन गर्दे मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताएका हुन्।

उनले आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्नेगरी सरकारले काम गर्ने लक्ष्य लिएको प्रस्ट पारे।

मुलुक तीन तहको संघीय व्यवस्थामा गएपछि कानुनी, संरचनागत र प्रशासनिक व्यवस्थापनमा सघीय सरकारले धेरै समय खर्चनुपर्दा सरकारले अपेक्षाकृत कार्य गर्न नसकेको हो कि भन्ने भ्रम परेको मन्त्री भट्टराईको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  सुनसरीमा बालिका हत्या गर्ने पक्राउ
Maruti Cement