गणतन्त्रमाथि खतरा भन्ने नेताहरुको अभिव्यक्ति ‘नाँच्न नजान्ने आँगन टेंढो ’- संयोजक मिश्र

पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि असम्भव

Prabhu Bank

बुटवल । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताएका छन्।उनले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने बिचार व्यक्त गरे।
आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा दिए।

Saftey Pads

राजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले बर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमि कमजोरीका कारण गणतन्त्र खतरामा पर्न सक्ने बताए।

पुराना राजनीतिक दलहरुले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप

दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने बिश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडी बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए।

पुराना दलहरुबबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गरे।
उनले आफ्नो पार्टी सरकारको नेतृत्वमा पुगे २०४६ साल पछिका राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्ने र पार्टीगत रुपमा खोलिएका कर्मचारी संगठन खारेज गर्ने बताए।

देशको परिस्थिति गम्भिर भए पनि जनता देशको परिस्थितप्रति गम्भिर नभएको भन्दै मिश्रले सचेत युवाहरुले देशको परिस्थितिबारे गम्भिर भएर सोच्ने बेला आएको बताए।

अन्य सम्बन्धित समाचार:  वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ

रवि लामिछानेको समर्थनमा भैरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानूनी राजप्रति जनताको अबिस्वासको संकेतको रुपमा आफुले लिएको बताए।

कसैको बिरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेको भन्दै उनले यद्यपी कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको बताए।

कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरुको कमि कमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पिडा र आक्रोस कुनै दिन बिस्फोटको रुपमा देखा पर्ने बताए।

Maruti Cement