जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

Prabhu Bank

काठमाडौं । जहाजभित्रै चोरी गरेको आरोपमा त्रिभुवन विमानस्थलबाट प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

Saftey Pads

राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Maruti Cement