फेसबुकमार्फत सीडीओलाई गाली गर्ने एक जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एक जना पक्राउ परेका छन्।

Saftey Pads

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने बारा सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय सन्नी कुमार गुप्तालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

श्री कंकाली आटो ट्रेर्डर्स सञ्चालन गर्दै आएका गुप्ताले प्रजिअ भट्टराईलाई गाली गलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए।

पक्राउ परेका गूप्तालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो
Maruti Cement