अन्तत : रवी लामिछाने बिरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता, प्रसंशक निराश

Prabhu Bank

काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा र्पुयाएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।

आइतबार दिउँसो यी तीनबिरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

अब केहीबेरमै यो मुद्दामा थुनछेक बहस सुरु हुनेछ। चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ। बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ।

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement