किशोरीलाई करणी गर्ने एक पक्राउ

Prabhu Bank

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

प्रहरीले विजयनगर गाउँपालिका–१ नेउलागञ्ज बस्ने २७ वर्षीय अर्जुन राउतलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो।

बाटोमा एक्लै भएको मौका पारी एकान्तमा लागेर राउतले १६ साउनमा किशोरीलाई जबरजस्ती करणी गर्न खोजेका हुन्।

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो। प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  झापामा प्रदेश सांसदकै अगुवाइमा वन फँडानी: सांसद भन्छन्-म त भैंसी चराउन पो गएको!
Maruti Cement