लागू औषधसहित एक जना पक्राउ

Prabhu Bank

चितवन । लागू औषधसहित चितवनको रत्ननगर–१३ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरीक्षक शेखर कुमार साहको कमान्डमा खटिएको टोलीले लागू औषधसहित २६ वर्षिय प्रकाश सुवेदीलाई आइतबार पक्राउ गरेको हो।

सुवेदीको घरबाट गाँजा ५१० ग्राम, काटेर राखेको अवस्थामा २६ वटा गाँजाको बोट, स्टेगन ५१० ट्यावलेट, ट्रेमवेल ६२० ट्यावलेट, भि ट्रेमा पचास  १० ट्यावलेट, सानो कैंची १ थान  र नगद १२ हजार ६२० रुपैयाँ  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पक्राउ परेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  ६ महिनापछि सुरु भयो धनगढी–काठमाडौं हवाई उडान
Maruti Cement