उपनिर्वाचन बहिस्कार गर्छौः वैद्य

Prabhu Bank

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने बताउका छन्।

Saftey Pads

थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहट र थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन्।

क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिमले धनगढीमा आयोजिना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो जानकारी गराएका हुन्।

उनले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सच्चा कम्युनिष्ट पार्टी नभएको जिकिर गरे।

विप्लव समूहलाई प्रतिवन्ध लगाएर गलत गरेको बताउँदै महासचिव बैद्यले विप्लवले गरिरहेको राजनीति समेत गलत भएको बताए।

नेता वैद्यले विप्लव निकट नेकपासंग पार्टी एकताको विषयमा छलफल भए पनि तत्काल सम्भव नरहेको बताए। उनले कैलाली, कञ्चनपुरसहित बाके, बर्दीया र दाङ सम्मको क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखे।

अन्य सम्बन्धित समाचार:  मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल
Maruti Cement