ढुङ्गाले लागेर हाइड्रेपावरका एक कामदारको मृत्यु, तीन घाइते

Prabhu Bank

सिन्धुपाल्चोक । माथिबाट खसेको ढुङ्गाले लागेर सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

Saftey Pads

अपर तामाकोशी हाइड्रोपावरका कामदार बर्दिया बढैयाताल गाउँपालिका–१ का ३२ वर्षीय अनिल सुनुवारको मृत्यु भएको हो।

अपर तामाकोशी हाइड्रोपावरको इन्टेक नजिकैको टहराभन्दा माथिबाट ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।

घाइते तीन जनालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाएको छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Maruti Cement