पुडासैनी मृत्यु प्रकरणः अस्मिताको बयान सकियो, लामिछाने र कँडेलको सोमबार

Prabhu Bank

काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा रुकु भनिने अस्मिता कार्कीको बयान सकिएको छ।

Saftey Pads

बाँकी रहेका टेलिभिजन प्रस्तोता रवी लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने भएको हो।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवी लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको चितवन प्रहरीले जनाएको छ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो।

अन्य सम्बन्धित समाचार:  करेन्ट लागेर मृत्यु
Maruti Cement