एकैपुस्तामा देश रूपान्तरण साझा पार्टीको अर्जुन दृष्टि होः दाहाल

Prabhu Bank

सुर्खेत। साझा पार्टीका केन्द्रीय सदस्य केशव दाहालले साझा पार्टीको एक मात्र अर्जुन दृष्टि एकै पुस्तामा देश रूपान्तरण भएको बताएका छन। साझा पार्टीको कर्णाली प्रदेश समितिले आइतबार आयोजना गरेको सङ्गठन विस्तार सम्बन्धी छलफल कार्यक्रममा दाहालले समतामूलक समृद्घिका लागि साझा पार्टीको विकल्प नभएको दाबी गरे।

Saftey Pads

नेपालमा जकडिएको राजनीतिको गाँठो फुकाउन चुनौती र अवसर दुवै भएको दाहालले जिकिर गरे। परम्परागत राजनीतिक दलहरूबाट मुलुकको समृद्घि हासिल हुन नसक्ने भन्दै उनले आफ्नै जीवनकालमा देश रूपान्तरण गर्न आफै अघि सर्नुको विकल्प नभएको बताए।

पार्टीको सङ्गठन विभाग प्रमुख समेत रहेका दाहालले आफूहरू पार्टी निर्माण कै चरणमा रहेको भन्दै पार्टी सदस्यहरूले सङ्गठन विस्तार अभियानलाई नतिजामुखी बनाउनु पर्नेमा जोड दिए। कार्यक्रममा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले वैकल्पिक पार्टी निर्माणका लागि कर्णाली उर्वर भूमि रहेको बताए।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज

सङ्गठन विस्तार सम्बन्धी रणनीति तयार गर्न वीरेन्द्रनगरमा उपलब्ध प्रदेश समितिका सदस्य र सुर्खेत जिल्ला समितिका सदस्यहरूसँग छलफल कार्यक्रम आयोजना गरिएको साझा पार्टी कर्णाली प्रदेशले जनाएको छ।

Maruti Cement