पुडासैनी मृत्यु प्रकरणः चितवन प्रशासनको यस्तो आदेश

Prabhu Bank

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता/पत्रकार रवि लामिछानेका समर्थनमा गरिएका प्रदर्शन हिंसात्मक बन्न थालेपछि स्थानीय प्रशासनले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ।

Saftey Pads

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी जिल्लाका विभिन्न स्थानमा एक ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेका हुन्।

उक्त आदेशअनुसार चितवनमा पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजस्व कार्यालय चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमतर्फ पूर्वपश्चिम लोकमार्गस्थित समगण्डकी अस्पतालचोकदेखि चौबीस कोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायण मावि चोक, केषि ज्ञानकेन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबीसकोठी चोकसम्म र दक्षिणतर्फ बाइपास सडकस्थित घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार हुँदै सप्तगण्डकी अस्पतालसम्म पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन।

अन्य सम्बन्धित समाचार:  तेजाबलगायत तीन अध्यादेश जारी

रवि लामिछानेका समर्थक र प्रहरीबीच आइतबार दिउँसो चितवनमा झडप हुँदा डीएसपीसहित २३ जना घाइते भएका छन्।

Maruti Cement