काठमाडौं दुर्घटनाः एकको मृत्यु, चार घाइते

Prabhu Bank

काठमाडौं। काठमाडौंमा टिपरले तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

Saftey Pads

काठमाडौंको सिंनामंगलमा आइतबार राति टिपरले तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।

सिंनामंगल कार्गो कार्यालय अगाडि तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो।

मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन्। बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि

यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

Maruti Cement