विप्लव समूहको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष पक्राउ

Prabhu Bank

तनहुँ । नेकपा (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Saftey Pads

प्रहरीले व्यास नगरपालिका–११ ममता रुचाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ।

रुचाल प्रहरीको निगरानीमा परेसँगै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement