प्रचण्डले बोलाएको पहिलो सचिवालय बैठक : कार्यकारी अधिकार प्रयोगबारे सबैको चासो

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

Saftey Pads

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट सचिवालय बैठक बोलाएका हुन्।

यसअघि नेकपाको बैठक बस्न दुईजना अध्यक्षको अनिवार्य उपस्थिति चाहिने भए पनि अध्यक्षता भने केपी शर्मा ओलीले मात्रै गर्दथे।

दाहालले पहिले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको भए पनि आज बिहान अचानक दुई घण्टा अघि नै बैठक डाकिएको हो।

सचिवालयका सदस्य तथा सो पार्टीका नेता झलनाथ खनालले बैठक ११ बजेको लागि सारिएको जानकारी गराए। बैठकको एजेण्डा पार्टी एकीकरणकै विषय रहेको खनालले बताए।

अन्य सम्बन्धित समाचार:  परदेशबाट घरदेश नियाल्दा
Maruti Cement