निर्माणाधीन घरको छतबाट खस्दा एकको मृत्यु, एक घाइते

Prabhu Bank

काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर जनकपुरमा एक मजदुरको मृत्यु भएको छ। एक मजदुर घाइते भएका छन्।

Saftey Pads

सप्तरीको सम्भुनाथ नगरपालिका–६ बगरहटबाट ४० वर्षीय नन्दु मण्डलको ज्यान गएको हो। उनको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको कारण घटनास्थलमै ज्यान गएको छ।

घाइते ३० वर्षका हरिकातन्त मण्डल छन्। उनी मृतककै छिमेकी हुन्। उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका रामसोगारथ साहको निर्माणाधीन घरको छतमा काम गरिरहेको बेला सोमबार बिहान दुवै जना लडेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  चितवन: नारायणीको सतहले खतराको विन्दु पार गर्यो
Maruti Cement