पुडासैनी मृत्यु प्रकरणः रवी लामिछानेलाई बयानका लागि अदालत लगियो

Prabhu Bank

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवी लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ।

Saftey Pads

तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ। लामिछाने र कँडेलको आज बयान हुँदैछ।

लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन्। थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तिनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो। रवी लामिछाने निर्दाेस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: कोईली खोलामा बेपत्तामध्ये एक जनाको शव फेला
Maruti Cement