पुडासैनी आत्महत्या प्रकरणः युवराज कँडेलको बयान सुरु

Prabhu Bank

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेलको बयान सुरु भएको छ। कँडेलमाथि आज जिल्ला अदालत चितवनमा बयान सुरु भएको हो।

Saftey Pads

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार सोमबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो।

कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुने गिरीले जानकारी दिए। अदालतले आइतबार रुकु कार्कीको बयान लिइसकेको छ।

बयानका क्रममा रुकुले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन्।

उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन्। अदालतको आदेश नआएसम्म तीनैजनालाई न्यायिक हिरासतमा राखिने छ।

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना

प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।
पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए।

Maruti Cement