वडा कार्यालयमा बम विस्फोट र आगजनी

Prabhu Bank

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–२ को वडा कार्यालयमा  बम विस्फोट र आगजनी भएको छ।

Saftey Pads

आइतबार राति १२ बजे राङसीमा रहेको वडा कार्यालयमा बम विस्फोट बम विस्फोट र आगजनी भएको हो।

बम विस्फोटपछि गरिएको आगजनीलाई स्थानीयबासीले नियन्त्रणमा लिएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए।

राति नै तत्काल आगो नियन्त्रणमा आएको र अहिले त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए।

यसैबीच वडा कार्यालयले बम विस्फोट र आगजनीको घटनाप्रति विज्ञप्तिमार्फत भर्तसना गरेको छ।

वडाध्यक्ष बुढाले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement