सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७३ हजार ५०० रुपैयाँ

Prabhu Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

Saftey Pads

सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै सोमबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो। सुनको मूल्यमा यो हालसम्मकै उच्च दर हो।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँ मा कारोबार भएको हो।

यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा व्यवसायिक रुपमा बट्टाई चरा पालन
Maruti Cement