फेसबुकमार्फत ठगी धन्दाः एयर होस्टेस् भन्दै मायाजालमा पारी ठगी

Prabhu Bank

काठमाडौं । एयर होस्टेस् भन्दै फेसबुकमार्फत सम्पर्क गरी दुई पुरुषलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

Saftey Pads

गुराँस श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडि खोली ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की तविता राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई पक्राउ गरेर झापा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उनले नक्कली फेसबुक आइडीमा घर सिक्किम, आफु जेट एयरलाइन्समा एयर होस्टेस्को रुपमा काम गर्दै आइरहेको, बुबा अमेरिकामा बस्ने र आमा डाक्टर, दाजु पाइलट रहेको परिचय राखेर फ्रेन्ड रिक्वेस्ट पठाइ म्यासेन्जर र मोबाइलमा कुराकानी गरेर विवाह गर्ने प्रलोभन देखाइ पुरुषहरुसँग पैसा माग्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

उनलाई ती पुरुषहरुसँग आकस्मिक समस्या देखाइ पैसा माग्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने धम्कीसमेत दिएको भन्ने दुई पुरुषहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा नक्कली फेसबुक आइडीमा अर्काको फोटोहरु राखेकोले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने गरेको, जेट एयरलाइन्सको एयर होस्टेसको फोटोहरु इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरु अपलोड गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराध अन्तर्गत मु्द्दा चलाइ अनुसन्धान भइरहेको छ।

Maruti Cement