यूएनडीपी समेत असमावेशी भए पछि…

Prabhu Bank

जनकपुर– लोकसेवा आयोगले निकालेको विज्ञापन विरुद्ध आन्दोलन भइरहेका बेला संयुक्त राष्ट्र विकास कार्यक्रम(यूएनडीपी)ले निकालेको विज्ञापनको नतिजा पूर्णरुपमा समावेशी र समानुपातिकको सिद्धान्तलाई बेवास्ता गरेको पाइएको छ।

Saftey Pads

यूएनडीपीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम एमइडिपीए–टिएको लागि कर्मचारी पदपूर्तिका लागि बिज्ञापन निकालेको थियो। तर २१ जना कर्मचारी पदपूर्ति गर्दा एक जना पनि मधेशी समुदायका नपरेपछि समाबेशिताको चर्चा चलेको हो ।

विज्ञापनमा प्रत्येक प्रदेशमा ३ जना कर्मचारी रहने गरी २१ जना कर्मचारीको माग गरेको थियो।यूएनडीपीले निकालेको कर्मचारी पदपूर्तिको विज्ञापनपछि करिब २ सय जनाले आवेदन दिएका थिए।

ती मध्ये ६४ जनालाई छनौट गर्दा ७ जना मधेशी समेत परेका थिए । सोको मौखिक परीक्षा मात्रै लिएर नतिजा सार्वजनिक गर्दा एक जना पनि मधेशी समुदायबाट नपरेको यूएनडीपीका पूर्व कर्मचारी किशोर कर्णले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  काेराेनाबाट अर्का सैनिकको मृत्यु

उनका अनुसार यूएनडीपीले निकालेको विज्ञापन समावेशीको आधारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया हुनुपर्ने हो । यूएनडीपी मातहत रहेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिरहेका राष्ट्रिय कार्यक्रम निर्देशक डा.रामजी न्यौपानेले यूएनडीपीले बिज्ञापन निकालेको, तर कर्मचारी पदपूर्ति गर्दा अपनाइनुपर्ने प्रक्रियाबारे आफूलाई जानकारी नभएको र यस सम्बन्धी हेर्ने काम आफ्नो नभएको बताए ।

यूएनडीपीको तर्फबाट एमइडिपीए हेर्ने फोकल पर्सन कल्पना सरकारले विज्ञापन पदपूर्ती सम्बन्धी आफुलाई जानकारी नभएको बताइन् । उनले विज्ञापन निकालेर कर्मचारी पदपूर्ती गरी कामलाई अघि बढाउनुपर्ने कार्य आफुले गरेकी बताउदैँ आफूलाई थप कुरा थाहा नभएको प्रतिक्रिया दिइन् ।

Maruti Cement