सरकारप्रति जनताको विश्वास बढ्योः रामचन्द्र पौडेल

Prabhu Bank

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन्।

Saftey Pads

सोमबार पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन्।

नेता पौडेलले भने, ‘सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन।’ पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टी्भित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ थियो।

नेता पौडेलले भने, ‘राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन।’

फरक प्रसङ्गमा उनले सरकार र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताए।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा

कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो।

लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उनले यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गरे। रासस

Maruti Cement