पुडासैनी आत्महत्या प्रकरणः लामिछाने र कँडेलको बयान सकियो, थुनछेक बहस हुँदै

Prabhu Bank

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ।

Saftey Pads

चितवन जिल्ला अदालतले सोमबार लामिछाने र कँडेलको बयान लिइ सकेको हो। अभियुक्त रूकु भनिने अस्मिता कार्कीको भने अदालतले आइतबार बयान लिएको थियो।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार थुनछेक बहसपछि उनीहरुलाई साधारण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पर पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय हुनेछ।

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।

अन्य सम्बन्धित समाचार:  सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ

पत्रकार पुडासैनी साउन २० गते नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए।

Maruti Cement