पुडासैनी आत्महत्या प्रकरण : रवी समर्थकको उत्तेजनामा प्रहरी दमन

Prabhu Bank

चितवन । चितवनमा प्रहरी र रवी लामिछानेका समर्थकहरुबीच झडप भएको छ।

Saftey Pads

जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे।

बस्नेतका अनुसार, लामिछाने समर्थकले बाहिर मोटरसाइकल र्‍याली निकालिरहेका थिए। त्यही क्रममा तोडफोड भएको हो।

अहिले केही व्यक्तिलाई नियन्त्रणमा लिएको र स्थिति सामान्य भएको उनले बताए।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेदेखि नै उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरुको प्रदर्शनलाई लक्षित गरी चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा
Maruti Cement