प्रहरीलाई घुस दिन खोज्ने टिपर मालिक पक्राउ

Prabhu Bank

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन्।

Saftey Pads

टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका-३ का पवन सिलवाललाई सोमबार काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिइएको हो।

बा.५ ख. ६७५२ नम्बरको टिपर मालिक समेत रहेको सिलवालले महानगरिय प्रहरी वृत्त बालाजुबाट खटेको टोलीलाई काठमाडौं महानगरपालिका-१६ वाइपासमा घुसदिन खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा
Maruti Cement