प्रचण्ड अध्यक्षताको पहिलो बैठक : नयाँ शक्ति र विप्लब माओवादीका नेतालाई बनाए केन्द्रिय सदस्य

Prabhu Bank

काठमाण्डौ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले विभिन्न पार्टी परित्याग गरी केही समयअघि नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय सदस्यको संख्या नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय पुगेको छ।

Saftey Pads

केन्द्रीय सदस्य हुनेहरुमा किरण राई, कल्पना धमला, पदम राई र देवेन्द्र पराजुली रहेका छन्। पराजुली र धमला नयाँ शक्तिमा हुनुहुन्थ्याे भने किरण राई र पदम राई भने नेकपा विप्लव छाडेर नेकपामा प्रवेश गर्नु भएकाे हाे।

पार्टीकाे विधानअनुसार ४४१ सदस्यीय केन्द्रीय सदस्य रहेकोमा १० प्रतिशत थप गर्ने व्यवस्था अनुसार सोमबारको बैठकले ४ जना केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गीय संगठन र विभागका उपप्रमुख र सह-इन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ। यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिइएको थियो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम

बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सह-संयोजकमा पूर्व राजदूत प्रमेश हमाललाई नियुक्त गरेको छ। नीति अनुसन्धान प्रतिष्ठानको सह-संयोजकको जिम्मेवारी रमेश धमलालाई दिएको छ । धमलालाई ललितपुरको सह-इन्चार्जबाट हटाइएको छ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा वीरमान चौधरीलाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सह-इन्चार्ज को जिम्मेवारी दिइएको थियो ।

बैठकले जनवर्गीय संगठनको सह-इन्चार्जहरुमा पनि नयाँ व्यवस्था गरेको छ।

अखिल नेपाल महिला संघको सह-इन्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ। आदीवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह -इन्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ।

नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह-इन्चार्जमा तिलक परियार र बोमबहादुर विश्वकर्मा, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सह-इन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सह-इन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङ, इन्जिनियरिङ संगठनको सह-इन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सह-इन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ।

अन्य सम्बन्धित समाचार:  अपहरणको अभियोगमा रेष्टुरेष्ट सञ्चालक डेविड पक्राउ

त्यसैगरी ताप्लेजुङ जिल्ला सह-इन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सह-इन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सह-इन्चार्जमा प्रमोदनारायण यादव र हरिनारायण चौधरी र चुडामणि जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सह-इन्चार्जको जिम्मेवारी दिइएको छ।

बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको पनि कामना गरेको छ। साथै बैठकले अबदेखि पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटी भित्रै राख्नु पर्ने र जथाभावी बोल्दै नहिँड्न पनि निर्देशन दिएको छ। आफ्ना असन्तुष्टि पार्टी कमिटीभित्रै राख्ने र जथाभावी बोल्दै हिँडे स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्म गरिने निर्णय गरेको छ।

Maruti Cement