७० वर्षमाथिकालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन छलफलः पर्यटनमन्त्री

Prabhu Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका वृद्धवृद्धाका लागि आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गर्ने बताएका छन्।

Saftey Pads

मन्त्रालयमा आयोजित भावी कार्ययोजनका सम्बन्धमा जानकारी गराउने कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सोही कार्यक्रममा उनले सम्माननीय बाहेकका उच्च पदस्थ पदाधिकारीलाई विमानसम्मै सवारी लैजानसमेत प्रतिबन्ध लगाउने तयारी मन्त्रलायले गरेको बताए।

यो व्यवस्था लागू भएमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, र राष्ट्रियसभा तथा प्रतिनिधिसभाका अध्यक्षले मात्र विमानसम्मै सवारी साधन लैजान पाउनेछन्।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ
Maruti Cement