रवी लामिछानेको पक्षमा भइरहेको जुलुसलाई ‘चितवन जात्रा’ भन्दै सांसदहरुले भने दोषी सरकारनै हो

Prabhu Bank

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेको पक्षमा भइरहेको जुलुसको सांसदहरुले विरोध जनाएका छन्।

Saftey Pads

अदालतले निर्णय गर्नुपर्नेमा भीडले निर्णय गर्न खोजिरहेको भन्दै सांसदले विरोध जनाएका हुन्।

सांसदहरू गजेन्द्र महत र प्रमोद शाहले रवि प्रकरणमा विषयमा बोल्दै उक्त जुलुसलाई ‘चितवन जात्रा’को संज्ञा दिए।
उक्त जात्रा निम्त्याउनुको दोषी भने सरकार नै भएको बताए।

चितवन जात्रामा सरकार गम्भीर हुनुपर्ने बताउँदै उनले श्रम र गृह मन्त्रालमाथि रोष प्रकट गरे।

मनमुटु मिलेर एउटा होटेलमा बसेका प्रेमजोडी खोज्दै हिँड्न गृह प्रशासनले जनताको गुनासा नसुन्दा यस्तो अवस्था आएको उनको टिप्पणी थियो।

अहिले जता र्हेयो, त्यतै रवि प्रकरणका विषयमा कुरा भइरहेको बताउँदै अर्का सांसद प्रमोद शाहले भीडबाट निर्णय दिलाउन खोजिएको भन्दै आपत्ति जनाए।

अन्य सम्बन्धित समाचार:  सोलुखुम्बुमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

उनले भने, ‘अदालतको निर्णय आउनै बाँकी छ। केही मान्छे भीडबाट निर्णय गर्न लागि परेका छन्।’

Maruti Cement