सुधीर भित्रिए नारायण बाहिरिए : राजनीतिमा मात्र होइन कान्तिपुरमा पनि आलोपालो

Prabhu Bank

काठमाडौं । एक वर्ष नबित्दै कान्तिपुर दैनिकमा प्रधान सम्पादक फेरिएका छन्।

Saftey Pads

पत्रकार सुधिर शर्मा कान्तिपुर दैनिकको प्रधान-सम्पादक नियुक्त भएका छन्। कान्तिपुर व्यवस्थापनले शर्मालाई सोमबारदेखि लागू हुने गरी शर्मालाई प्रधान-सम्पादक नियुक्त गरेको हो।

कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश सिरोहियाले निवर्तमान प्रधान-सम्पादक नारायण वाग्लेको राजीनामा स्वीकृत भएको र शर्मालाई स्वागत गरेको जानकारी ट्वीटमार्फत् दिएका छन्।

वाग्ले करिब एक वर्षअघि उनै शर्माले राजीनामा दिएपछि कान्तिपुर दैनिकका प्रधान-सम्पादक भएका थिए।

वाग्लेले कान्तिपुर छाडेको ट्वीट गर्दै ‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर कान्तिपुर दैनिकबाट आज राजीनामा दिएको छु,’ लेखेका छन्।

स्मरण रहोस एघार बर्ष अघि कान्तिपुर दैनिकका तत्कालिन प्रधान सम्पादक नारायण वाग्लेलाई प्रतिष्थापन गर्दै सुधीर शर्मा कान्तिपुरको प्रधान सम्पादक बनेका थिए।

अन्य सम्बन्धित समाचार:  श्वास फेर्न गाह्रो भएपछि डा केसीलाई कर्णाली स्वास्थ्य प्रतिष्ठान लगियो

सन्जोगवस एक बर्ष अघि मात्रै कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मालाई प्रतिस्थापन गरेर फेरि नारायण वाग्ले कान्तिपुरका प्रधान सम्पादक बनेका थिए।

अचम्म त एक वर्ष नबित्दै फेरि सोहि शैलीमा कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्लेलाई प्रतिस्थापन गर्दै उही पुराना प्रधान सम्पादक सुधीर शर्मा फेरि प्रधान सम्पादक बनेर कान्तिपुर भित्रिएका छन्।

रोचक कुरा त शर्मा र वाग्ले मात्रै त्यस्ता पात्र हुन् जसले एक अर्कालाई स्वागत र बिदाई गरेको प्रसङ्ग समाचार समेत बन्दै आइरहेको छ।

Maruti Cement